दफा ५४
क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्था
दफा ५३ वा ५५ बमोजिम स्थापना हुने क्षतिपूर्ति कोषको सञ्चालनका सम्बन्धमा नियमावलीमा देहायका व्यवस्था गरिनेछः– (क) कोषमा रकम जम्मा गर्ने सम्बन्धी व्यवस्था, (ख) कोषबाट क्षतिपूर्तिस्वरुप दिने अधिकतम रकम, (ग) कोषको लेखा र लेखापरीक्षण सम्बन्धी व्यवस्था, (घ) क्षतिपूर्ति कोषबाट रकम प्राप्त गर्न दाबी गर्न पाउने अवस्था र दाबी गर्ने कार्यविधि, (ङ) क्षतिपूर्ति कोषमा दाबी नलाग्ने अवस्थाहरु, (च) क्षतिपूर्ति कोषबाट दाबी बमोजिम रकम दिने सम्बन्धमा कारबाही तथा निर्णय गर्ने तरिका, (छ) एक व्यक्तिलाई क्षतिपूर्तिस्वरुप दिन सकिने अधिकतम रकमको हद, (ज) क्षतिपूर्ति दाबीका सन्दर्भमा छानबिन गर्ने सम्बन्धमा आवश्यक अन्य कुराहरु, (झ) धितोपत्र बजारको अनुमतिपत्र खारेज भएमा गरिने व्यवस्थाहरु, (ञ) क्षतिपूर्तिका सम्बन्धमा आवश्यक अन्य व्यवस्थाहरु ।